Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

छोराको उपचारका लागि घरमै ल्याव खडा गर्ने यी पिता

छोराको उपचारका लागि घरमै ल्याव खडा गर्ने यी पिता

  • 86
    SHARES
  • छोराको उपचारका लागि घरमै ल्याव खडा गर्ने यी पिता

    बेइजिङ । दुई वर्षका हयाओयाङ अब केही समय मात्र यस धर्तीमा रहनेछन् । दुर्लभ वंशानुगत समस्याबाट पीडित उनको चीनमा उपचार सम्भव छैन ।

    सीमा प्रतिबन्धका कारण उनलाई अर्को देशमा उपचारका लागि लैजान पनि सम्भव छैन । हयाओयाङका पीडित बाबु सीउ वि भने बालकलाई उपचार गर्न घरमै एउटा प्रयोगशाला खडा गरेका छन् । ‘लामो सोचपछि घरमै प्रयोगशाला बनाउने निधो गरे’, दक्षिण पश्चिम कुनमिङका उनी भन्छन् ।

    हयाओयाङ मेनकेस सिन्ड्रोमबाट पीडित छन् । यो वंशानुगत समस्याले व्यक्तिको दिमाग र स्नायु प्रणालीको विकासमा असर गर्छ । चिकित्सकहरुका अनुसार यो समस्याबाट पीडित व्यक्ति बढीमा तीन वर्षसम्म बाँच्छन् । केवल माध्यामिक तहको अध्ययन गरेका सीउ छोरालाई जसरी पनि पनि बचाउने धुनमा छन् । ‘उ नबोले पनि उसको आत्म छ,’ काखमा बच्चालाई मह पानी खुवाउदै उनी भन्छन् ।

    उनको उपचार सम्भव छैन भनेपछि आफै घरेलु औषधि अनुसन्धानमा तल्लिन छन् । सीउको असम्भव प्रयासको स्वयंम उनका अभिभावकलाई पत्यार लागेको छैन । ‘मेरा अभिभावक र परिवार मेरो कदमको विरोध गर्नुहुन्छ,’ उनी भन्छन् ।

    अनलाइनमा अध्ययन अनुसन्धान गर्न उनलाई सजिलो छैन । तर उनले अनुवाद गर्ने सफ्टवेयर प्रयोग गरेर अनुसन्धान गरिरहेका छन् । बाबुको जिम हलमा उनले एउटा ल्याब खडा गरेका छन् । सीउले अहिले आफै घरमा बनाएको औषधि दिन्छन् । उनले ल्यावमा बनाएको औषधिले बालकको शरीरको तामाको अभाव पूर्ति गरिदिएको छ । आफूले गरेको उपचारपछि बालकको रगत सामान्य बन्दै गएको उनको दाबी छ ।

    बालक बोल्न सक्दैनन् । तर, बाबुले उनको टाउकोमा हात लगेपछि मुस्कान दिन्छन् । उनकी पत्नी उनीभन्दा टाढा सहरमा छोरीलाई हेरेर बसेकी छिन् । मेनकेस सिन्ड्रोम प्रायः बालबालिकामा देखिन्छ । विश्वमा हरेक १ लाख जनामध्ये एक जनामा यो समस्या देखिन्छ । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology