Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

शेयर बजार : यी हुन् नाेक्सान बेहार्ने चार कम्पनीका लगानीकर्ता

शेयर बजार : यी हुन् नाेक्सान बेहार्ने चार कम्पनीका लगानीकर्ता

  • 76
    SHARES
  • शेयर बजार :  यी हुन् नाेक्सान बेहार्ने चार कम्पनीका लगानीकर्ता

    काठमाडौं । साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ ।

    मंगलबार दोहोरो अंकले घटेको शेयर बजार बुधबार एक दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलव ९४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

    कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । नेप्सेमा २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर खरिद बिक्री हुँदा चार अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

    मंगलबार पनि नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । यसले २६ करोड १५ लाख भन्दा बढीको कारोबार गरेको छ ।

    बुधबार कारोबारमा आएका बैंकिङ, व्यापार, जीवन बिमा समूहको सूचकबाहेक सबै समूहको सूचकमा सामान्य अंकको गिरावट आएको छ । एउटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ । शेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी छ । यस कम्पनीको शेयर मूल्य नौ दशमलव ४७ प्रतिशतले बढेर प्रतिकित्ता ५६५ रुपैयाँ पुगेको छ ।

    बुधबार गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सान व्यहोरेका छन् । बुधबार यी कम्पनीको शेयर मूल्य दुई प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।  
     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology