Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रदीप यादवलाई किन हटाइयाे जसपा केन्द्रीय समिति सदस्यबाट ?

प्रदीप यादवलाई किन हटाइयाे जसपा केन्द्रीय समिति सदस्यबाट ?

  • 931
    SHARES
  • प्रदीप यादवलाई किन हटाइयाे जसपा केन्द्रीय समिति सदस्यबाट ?

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले सांसद् प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट हटाएकाे छ । तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद् यादवलाई केन्द्रीय सदस्यबाट हटाएकाे हाे ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तार हुँदा यादवलाई मन्त्री नबनाएको भन्दै पर्सा, वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन भएको थियो । सो पुत्ला दहन सांसद् यादवको निर्देशनमा भएको भन्दै यादवलाई कारबाहीस्वरूप सदस्यबाट हटाइएकाे हाे ।

    ‘प्रदीपजीलाई कारबाही गर्नु हुन्न भनेर अधिकांशले मत राख्दा राख्दै पनि केन्द्रीय सदस्यबाट निस्कासन गर्ने निर्णय कार्यकारिणी समितिको बैठकले लिएको छ’ एक कार्यकारिणी सदस्यले भने ।

    उनका अनुसार मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, रमेश यादवलगायत अधिकांश नेताले कारबाही नगर्न आग्रह गर्दा पनि अध्यक्ष उपेन्द्र यादवको जोडबलमा कारबाही निर्णय लिइएको हो ।

    कार्यालय सचिव प्रकाश अधिकारीले पेस गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा यादव केन्द्रीय सदस्यबाट निस्कासनमा परेका हुन् । यादवले दिएको प्रस्टीकरण चित्त नबुझेपछि अध्यक्ष यादवले कारबाही गरेका हुन् ।

    सांसद् यादवलाई साधारण सदस्यबाट नै निस्कासन गर्ने प्रस्ताव गरे पनि अन्य नेताको विरोधपछि केन्द्रीय सदस्यबाट मात्रै तत्कालका लागि निस्काशन गरिएको एक नेताले बताए ।

    त्यसो त सांसद् यादव यसअघि पनि कारबाहीमा परिसकेका हुन् । स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियायामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।

    यसैगरी, बैठकले वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरागवीलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ भने १६ जना केन्द्रीय कार्यकारिणी थप गर्ने निर्णय पनि बैठकले लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij