Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

फ्रान्सका सबै वयस्कलाई कोभिडको बुस्टर डोज दिइने 

फ्रान्सका सबै वयस्कलाई कोभिडको बुस्टर डोज दिइने 

  • 69
    SHARES
  • फ्रान्सका सबै वयस्कलाई कोभिडको बुस्टर डोज दिइने 

    पेरिस । फ्रान्स सरकारले सबै वयस्कहरुलाई कोभिड १९ को बुस्टर डोज दिने तयारी गरेको छ । यसबारेमा सरकारले बिहीबार औपाचारिक रुपमा घोषणा गर्दैछ । 

    देशमा कोभिड संक्रमण तीव्र बढेपछि सरकारले सबै बयस्कलाई बुस्टर डोज दिने तयारी गरेको हो । त्यस्तै, संक्रमण न्यून गर्न केही प्रतिबन्धात्मक व्यवस्थासमेत घोषणा गरिएको छ । 

    राष्ट्रपति इम्यानुअल म्याँक्रो नेतृत्वको सरकारले बुधबार सामाजिक दूरी कायम गर्न र सबैलाई मास्क लगाउन निर्देशन दिएको थियो । सरकारले फेरि लकडाउन लगाउने तयारीमा भने नगरेको जनाइन्छ । 

    रेस्टुराँ, क्याफे, सिनेमा हल, म्युजियम, खेल मैदान जस्ता धेरै भिड हुने स्थानमा बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र प्रवेशका लागि अनुमति दिने सरकारको तयारी छ । 

    फ्रान्समा बुधबार ३२ हजार कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।

    पछिल्लो समयमा युरोपेली देशहरुमा कोभिड संक्रमण तीव्र बढिरहेको छ । संक्रमण बढेपछि यसै सातादेखि अस्ट्रियाले तीन साताका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ ।  
     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology