Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

धुम्रपानकाे आदतले युवामा बढाउँदै हृदयघातको जोखिम

धुम्रपानकाे आदतले युवामा बढाउँदै हृदयघातको जोखिम

  • 615
    SHARES
  • धुम्रपानकाे आदतले युवामा बढाउँदै हृदयघातको जोखिम

    काठमाडौं । विलासी जीवनशैली र अव्यवस्थित खानपानका कारण पछिल्लो समय धेरैजसो युवामा हृदयघातको जोखिम बढिरहेको छ ।

    विश्वमा हुने गरेका मृत्युमध्ये सबैभन्दा बढी मुटुरोगको कारणले हुने स्वास्थ्य विशेषज्ञले जनाउँदै आएका छन् ।

    सन् २००७ को अनुसन्धानले मुटुको रोगबाट हुने मृत्युको प्रमुख कारण हृदयघात भएको देखाएको छ । २०१७ सम्म आइपुग्दा पनि उक्त तथ्यांक घटेको छैन् । 

    सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार अस्पतालमा आएका बिरामीको अध्ययन गर्दा सन् २०११ देखि २०१५ सम्ममा हृदयघात भएर आउनेको संख्या ४० प्रतिशतले बढेको देखिन्छ । 

    यसैगरि, २०१२ मा गरिएको अध्ययनमा ४९५ र २०१८ मा गरिएको अध्ययनमा हृदयघात हुनेको संख्यामा ह्वात्तै वृद्धि भएर १ हजार ४६० जना पुगेको छ । ६ वर्षमा हृदयघातको जोखिम तीन गुणाले बढेको पाइएको छ ।

    ‘अस्पताल आएका (सन् २०१२) बिरामीको इतिहास हेर्दा हृदयघात भएर आएका ४९५ मानिसमा ९७.८ प्रतिशतले धुमपान गरेको पाइयो । सन् २०१८ मा हेर्दा धुमपान गरेका ५७ प्रतिशत मानिसलाई हृदयघात भएको पाइयो’, डा. अधिकारीले भने, ‘पहिले ४० वर्ष मुनिकालाई हृदयघात हुँदैन भन्ने थियो तर अहिले ४० वर्षभन्दा कम उमेरका मानिसमा हृदयघात बढिरहेकोे छ ।’ 

    माथी उल्लेखित तथ्यांक गंगालाल अस्पतालको मात्रै हो । देशभरका अन्य अस्पतालमा पनि हृदयघातका विरामीको चाप दिनानुदिन बढ्दै गइरहेको छ । नेपालमा प्रत्येक वर्ष करिब १५ हजार जना हृदयघातका नयाँ बिरामी थपिने गरेकोे डा. अधिकारीले जानकारी दिए । 

    धुमपानले बढ्दै हृदयघात 
    सन् २०१५ देखि २०१६ सम्म हृदयाघाट भएका १३२ जनामध्ये २७ जनामा हृदयघात हुनुको एक मात्र कारण धुमपान रहेको डा. अधिकारीले बताए ।

    ‘५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा ८ गुणाले बढी हुन्छ’, डा. अधिकारी भन्छन्, ‘नियमित चुरोट सेवन गर्नेे पुरुषको दाँजोमा महिलालाई १३ गुणा बढी हृदयघात हुने जोेखिम हुन्छ ।’ 

    हृदयघात भएको बिरामीको उपचार खर्च महंगो छ । अप्रेशनको ७० प्रतिशत खर्च सरकारले व्यहोर्ने भए पनि ह्ृदयघात भएपछि जीन्दगीभर औषधि सेवन गर्नुपर्छ । त्यसैले धुमपान तथा मद्यपान सेवन गर्ने बानीलाई तुरुन्त त्याग्न चिकित्सकहरुले सुझाउँदै आएका छन् ।   

    हृदयघात हुने कारणहरु  
    डा. अधिकारीका अनुसार सानै उमेरमा सूर्तिजन्य पदार्थकोे सेवनले उमेर बढ्दै जाँदा हृदयघातको जोखिम बढाउँछ । आफ्नो आनीबानीलाई नियन्त्रण गर्ने सके हृदयघातको जोखिमबाट बच्न सकिने अधिकारी बाउँछन । 

    चुरोट खान छाड्दा हुने फाइदा 
    चुरोट खान छोडेको २० मिनेटमा ब्लड प्रेसर नर्मल हुन्छ

    तीन दिनमा श्वास फेर्न सजिलो अनुभव गर्छ

    एक वर्षमा हृदयघात हुने सम्भावना ५० प्रतिशतले कम गर्न सकिन्छ ।

    चुरोट खान छोडेको १५ वर्षभित्र हृदयघात हुने सम्भावना चुरोट नखाने मानिसकै बराबर हुन्छ । त्यसैले स्वस्थ रहनका लागि चुरोट खाने बानीलाई तत्कालै छाड्न चिकित्सकले सुझाव दिने गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij