काठमाडौं । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन पार्टनर बायोएन्टेकले अमेरिकमा १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना खोपको ट्रायल सुरु गरेको छ । निर्माण कम्पनीले आगामी वर्षको सुरुवातसम्म बालबालिकालाई खोप उपलब्ध गराउने अपेक्षा गरेको छ ।
अमेरिकामा सन् २०२० को डिसेम्बरमा फाइजरको खोप प्रयोगका लागि आपतकालीन अनुमति दिइएको थियो । हाल यो खोप १६ वर्षभन्दा माथिका व्यक्तिहरुलाई मात्र लगाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको करिब १३ करोड डोज खोप दिइसकिएको बताइएको छ ।
यसभन्दा अगाडि कोरोना विरुद्धकै खोप बनाएको मोडर्नाले पनि एक साता अगाडि बालबालिकामा परीक्षण सुरु गरेको थियो । यस परीक्षणमा ६ महिनादेखि ११ वर्षसम्मका क्यानडा र अमेरिकाका बालबालिका सहभागी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij