काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको त्रास बढेसँगै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमानाका खोल्ने निर्णय कार्यान्वयन नगर्ने भएको छ। अस्ट्रेलियाले खुला गरेको अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको हो। अफ्रिकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएपछि अस्ट्रेलियाले सीमा खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको हो।
यसअघि बुधबारदेखि अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने अस्ट्रेलियाले निर्णय गरेको थियो। प्रधानमन्त्री स्कट मरिसनले दुई साताका लागि सीमानाका नखोल्ने निर्णय गराएका हुन्। अस्ट्रेलियाले सीमानाका बन्द गर्दा नेपालबाट पनि त्यहाँ जानका लागि प्रतिक्षामा थुप्रै विद्यार्थीहरू रहेका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij