Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

किन खाने काजु ? यी हुन् फाइदा

किन खाने काजु ? यी हुन् फाइदा

  • 730
    SHARES
  • किन खाने काजु ? यी हुन् फाइदा

    काठमाडौं । काजुको प्रयोग मिठाई तथा स्वादिष्ट खानेकुरा बनाउनमा गरिन्छ । स्वादसँगै काजुले स्वास्थ्यलाई धेरै नै फाइदा गर्छ । थोरै खाँदा पनि धेरै फाइदा पुर्‍याउने काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियमलगायतका तत्व भरपुर मात्रामा पाइन्छन् । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

    काजुलाई ऊर्जाको राम्रो स्रोत पनि मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ भने काजु खानाले शरीरमा ऊर्जा थपिन्छ र काममा जाँगरिलो भइन्छ । 

    उर्जाको स्रोत काजु
    काजुलाई उर्जाको एक महत्वपूर्ण स्रोत मानिन्छ । यसलाई खाँदा स्वास्थ्यलाई कुनै किसिमको हानि हुँदैन तर मात्रा मिलाएर खानु उपयुक्त हुन्छ । दैनिक २ वा ३ पिस काजु खाँदा स्वास्थ्यलाई सकारात्मक प्रभाव पर्नुकासाथै शरीर दिनभर उर्जावान् भइरहन्छ । 

    प्रोटिनको स्रोत
    काजुमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । जसकारण कपाल र छाला सुन्दर बन्छ । 

    कोलेस्ट्रोल नियन्त्रण
    काजुले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ । यसमा प्रोटिन अत्यधिक पाइन्छ । यसकासाथै यो आइरनको राम्रो स्रोत हो । जसले शरीरमा रगतको कमी हुन दिँदैन ।

    छालालाई चम्किलो बनाउँछ 
    काजु खानाले छालामा पनि लाभ पुग्छ । यसले छाला सुन्दर र चम्किलो बनाउन मद्दत गर्छ । 

    स्मरणशक्ति 
    काजु भिटामिन बी को भण्डार हो । यसलाई भोकै पेट खाँदा स्मरणशक्ति झन् बलियो भएर आउँछ । काजु खानाले युरिक एसिड बन्न पनि कम हुन्छ । यसकासाथै यसको दैनिक सेवनले उच्च रक्तचाप पनि नियन्त्रणमा रहन्छ । 

    हड्डी बलियो हुन्छ
    काजुमा अत्यधिक मात्रामा प्रोटिन पाइन्छ । जसले हड्डीलाई बलियो बनाउँछ । काजुलाई दैनिक खाँदा मुटुलाई पनि फाइदा गर्छ र मुटु रोगको जोखिमलाई पनि कम गर्छ । यसबाहेक काजुबाट प्राप्त हुने एन्टीअक्सिडेन्टले पाचन प्रक्रियालाई बलियो बनाउँछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij