वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ४६ सालयता सत्ताको लालचमा कांग्रेस बिग्रिएको बताएका छन् । काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा राजनीतिक नेतृत्वले कमजोरीको पहिचान गरेर नसुधारे मुलुकले उन्नती गर्न नसक्ने उल्लेख गरे ।
ठूलो संघर्षबाट प्राप्त भएको मुलुकको डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भए पनि अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिनुपर्ने र कांग्रेसलाई सवल र सक्षम बनाउनुपर्ने धारणा उनले राखे । सिंह कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने तयारीमा छन् ।
लोकश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले दलहरू संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै समस्याहरू आफैं समाधान हुने बताए । नेता सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाइ आफू अनुकूलको बनाउन खोज्दा बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तन गुम्ने खतरा पैदा हुने जिकिर गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij