Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिँदै

अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिँदै

  • 386
    SHARES
  • अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिँदै

    वासिङ्टन, अमेरिका । संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले नै कोभिड(१९ को खोप र बुस्टर डोजहरू प्राप्त देशभर सयौं पारिवारिक खोप क्लिनिकहरू सुरू गर्न लागेको छ ।

    images

    यस बारे राष्ट्रपति जो बाइडेनले विहीबार जानकारी दिदैं भनेका छन्,'आज म घोषणा गर्दैछु कि हामी देशभर सयौं नयाँ पारिवारिक खोप क्लिनिकहरू सुरू गर्दैछौं। यी केन्द्रहरूले सम्पूर्ण परिवारलाई एकै ठाउँमा खोपहरू प्रदान गर्नेछन्।  जहाँ बच्चाहरूले खोप लिन सक्नेछन्, अभिभावकहरूले खोप लिन सक्नेछन् र उनीहरूले पहिलो वा दोस्रो मात्रा वा बुस्टर शटहरू पनि लिन सक्नेछन् ।'

    राष्ट्रपति बाइडेनले राष्ट्रिय स्वास्थ्य संस्थानमा टिप्पणीको क्रममा भने-क्लिनिकहरू सामुदायिक स्वास्थ्य केन्द्रहरू र अन्य विश्वसनीय स्थानहरूमा अवस्थित हुनेछन् । यसैगरी केही ठाउँमा मोबाइल क्लिनिक पनि सञ्चालन गरिनेछन् ।

    राष्ट्रपति बाइडेनद्वारा कोभिड(१९ विरुद्ध लड्न र जाडो महिनाहरूमा नयाँ ओमिक्रोन भेरियन्ट बढ्ने सम्भावनालाई मध्यनजर गर्दै त्यो विरुद्ध लड्न संघीय सरकारको विशेष योजनाको रूपमा यो घोषणा गरिएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology