Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भारतको भोपालमा ग्यास चुहावट हुँदा २० हजार जनाको मृत्यु भएको त्यो दिन

भारतको भोपालमा ग्यास चुहावट हुँदा २० हजार जनाको मृत्यु भएको त्यो दिन

  • 464
    SHARES
  • भारतको भोपालमा ग्यास चुहावट हुँदा २० हजार जनाको मृत्यु भएको त्यो दिन

    भोपालमा ग्यास दुर्घटना

    images

    भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २० हजारको मृत्यु भएको थियो । ग्यास चुहावटपछि भोपालका पाँच लाख मानिसहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिएको थियो । यसलाई विश्वकै सवैभन्दा खराब औधोगिक दुर्घटना मानिन्छ ।
     
    इरानमा खमेनीको उदय

    सन् १९७० मा इरानमा आयोतोल्लाह खमेनी त्यहाँको राष्ट्रपति बनेका थिए ।  धार्मिक नेता खमेनी सन् १९७९ को इरान क्रान्तिको समयका मुख्य नेता थिए ।

    पहिलो पटक नियोन लाइटको आविश्कार

    सन् १९१० मा पहिलो पटक नियोन लाइट सार्वजनिक गरिएको थियो । अधिकांंश सहरी क्षेत्रमा देखिने यो लाइटको फ्रान्सेली इन्जिनियर जर्ज क्लाउडेले पहिलो पटक आविश्कार गरेका थिए । ती लाइटलाई पहिलो पटक पेरिस मोटर सोमा प्रदर्शन गरिएको थियो ।
     
    अमेरिकाको २१ औं राज्य इलिनोइस

    सन् १८१८ को ३ डिसेम्बरमा मध्यपश्चिमी राज्य इलिनोइस अमेरिकामा आबद्ध भएको थियो । इलिनोइस अमेरिकामा आबद्ध हुने २१ औं राज्य हो । तीन ओटा अमेरिकी राष्ट्रपतिले इलिनोइसलाई आफ्नो गृहराज्य बताउँदै आएका छन् । 
     

  • सम्बन्धित विषय:

  • # ग्यास

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology