काठमाडौं । संसदीय मामिला पत्रकार समाजको शनिबार भएको सातौं अधिवेशनबाट सञ्जिव बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरेको हो ।
त्यसैगरी कार्यसमिति सदस्यमा रोशन सापकोटा, सविता शर्मा, अङ्गराज न्यौपाने, किरण दहाल, शम्भुु दङ्गाल, आकाश घिमिरे, केशवबहादुर भूल र अमरदीप श्रेष्ठ चयन भएका छन् । समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
संसद् र संसदीय समितिलाई मुख्य बिट बनाएर काम गर्ने पत्रकारको साझा थलोका रुपमा रहेको समाजमा १३६ सदस्य छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij