Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहको लेटरहेडमा पत्रकार धम्क्याउने कामको महासंघद्वारा विरोध 

प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहको लेटरहेडमा पत्रकार धम्क्याउने कामको महासंघद्वारा विरोध 

  • 861
    SHARES
  • प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहको लेटरहेडमा पत्रकार धम्क्याउने कामको महासंघद्वारा विरोध 

    काठमाडौं । प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहको लेटरहेडमा पत्रकार धम्क्याइएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

    एक दैनिक पत्रिकामा १४ मंसिरमा प्रकाशित ‘मन्त्रीका अंगरक्षकको आतंक’ समाचारको विषयमा मन्त्री सिंहका स्वकिय सचिव निकेश त्रिपाठीले प्रेस विज्ञप्ति जारी गरेका थिए ।

    उक्त विज्ञप्तिमा समाचार लेख्ने संवाददातालाई दोषीकाे संज्ञा दिँदै कारबाहीको माग गरिएको थियो । मन्त्रीको लेटरहेडमा त्यसरी जारी विज्ञप्तिमा ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

    महासंघका महासचिव रोशन पुरीले जारी गरेको प्रेस विज्ञप्तिमा समाचारमा चित्त नबुझे त्यस उपर कानुनी उपचारमा जाने विकल्प हुँदा हुँदै मन्त्रीजस्तो जिम्मेवार पदको निजी सचिवालयबाट पत्रकारलाई दोषी ठहर गर्दै विज्ञप्ति जारी गरेर पत्रकारलाई त्रासमा राख्न खोज्नु खेदजनक भएको उल्लेख छ

    प्रेसलाई आतंकित पार्ने उक्त कार्यको महासंघले घोर निन्दा गरेको छ । आगामी दिनमा यसखाले गतिविधि नगर्न पनि महासंघले ध्यानाकर्षण गराएको छ । 

    यसअघि पत्रकार महासंघ सर्लाही शाखाले पनि मन्त्रीको निजी सचिवालयबाट जारी विज्ञप्तिप्रति आपत्ति जनाएको थियो ।

    263407199_602114754375440_6677128489356310184_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij