काठमाडौं । नेपालका प्रकाश अधिकारी एसियाली यूथ पारा गेम्सको ब्याडमिन्टनअन्तर्गत एसएल– ४ क्याटगोरीको पुरुष सिंगल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘सी’ को आफ्नो अन्तिम लिग खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीलाई २१–२ र २१–१ को सोझोको सेटमा सहजै पराजित गरे ।
त्यसअघि उनले इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमसँग २१–१५ र २१–९ को हार वेहोरेका थिए भने भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ ले पन्छाएका थिए । क्वाटरफाइनलमा प्रकाशले थाइल्यान्डका चिन्दानाई निनुडोम्सकलाई प्रतिद्वन्द्वी पाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij