Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भारतमा थप एक जनामा देखियो ओमिक्रोन भेरियन्ट 

भारतमा थप एक जनामा देखियो ओमिक्रोन भेरियन्ट 

  • मंसिर १८, २०७८ शनिवार २१:३२ बजे
  • 869
    SHARES
  • भारतमा थप एक जनामा देखियो ओमिक्रोन भेरियन्ट 

    एजेन्सी । भारतमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ। योसँगै भारतमा तीन जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।  जिम्बाबेबाट फर्किएका गुजरातको जामनगर बस्‍ने व्यक्तिमा पनि ओमीक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको गुजरातको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    images

    जामनगरका ७२ वर्षीय ती व्यक्तिमा बिहीबार कोभिड–१९ को संक्रमण पुष्टि भएपछि  जिनोम सिक्‍वेन्सिङका लागि पठाइएको थियो। जिनोम सिक्‍वेन्सिङ परीक्षणका क्रममा उनमा ओमीक्रोन पोजेटिभ रहेको पाइएको गुजरातका स्वास्थ्य आयुक्त जय प्रकाश शिभहारेले एनडीटीभीलाई जानकारी दिएका छन्। यसअघि भारतमा ४६ वर्षीय चिकित्सक र ६६ वर्षीय व्यक्तिमा ओमीक्रोन फेला परेको थियो। पूर्ण खोप लगाएका ४६ वर्षीय चिकित्सकको भने कुनै ट्राभल हिस्ट्री नभएको तर, ओमीक्रोन पोजेटिभ देखिएको थियो। 

    भारतमा ओमीक्रोनको त्रास बढेसँगै सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी र परीक्षणलाई तीव्रता दिएको छ। 

    विश्‍व स्वास्थ्य संगठले ओमीक्रोन कति धेरै संक्रामक छ भन्‍ने विषयमा अध्ययन भइरहेको जनाएको छ। हाल विश्‍वभर अमेरिका, बेलायतसहित दुई दर्जनभन्दा बढी मुलुकहरुमा ओमीक्रोन भेरियन्ट फेला परिसकेको छ। 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology