वेबटिभी खबर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउन उपयुक्त ठाउँको खोजी कार्य जारी राखेको छ । अस्पताल निर्माण कार्यकै लागि मन्त्रालयले गत कात्तिकमा डा.विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरेको थियो । मन्त्रालयकाअनुसार समितिलाई दुई महिनाभित्र काठमाडौं वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ । मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले समितिले प्रतिवेदन बुझाएपछि निर्माण प्रकृया अघि बढ्ने बताए । समितिले हाल जग्गाकाे खाेजी गरिरहेकाे उनकाे भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij