वेबटिभी खबर
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा एकजनालाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । विदेशबाट आएकालाई परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ पाइएको र जिनोम सिक्वेन्सिङको प्रारम्भीक रिपोर्टमा एकजनामा ओमिक्रोन भाइरस देखिएको हो । तर यो फाइनल रिपोर्ट भने होइन, फाइनल रिपोर्ट सोमबार मात्र आइपुग्छ । फाइनल रिपोर्ट नआउन्जेल यसलाई संभावनाका रुपमा मात्र लिइन्छ ।
दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले विदेशबाट आउने सबैको कोरोना परीक्षण भइरहेको जानकारी दिए । बिदेशबाट आएका १७ र उनीहरुको परीवारका ६ जनामा गरी २३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १२ जनाको जिनोम सिक्वेन्सिङको रिपोर्ट आएको हो ।
जैनले ओमिक्रोन फैलिएको ठाउँबाट सबै उडान बन्द गर्न मुख्यमन्त्ती केजरी वालाले सरकारसँग माग गरिसकेको जानकारी दिए । जैनले अहिलेको अवस्थामा नयाँ भेरियन्टबाट बच्न घरबाट निस्कँदा अनिवार्य मास्क लगाउन आग्रह गरे ।
भारतमा शनिबार ओमिक्रोन संक्रमणका दुई बिरामी भेटिएका थिए । गुजरातका ७२ वर्षिय पुरुष र महाराष्ट्रका ३३ वर्षिय पुरुषमा ओमिक्रोन देखिएको हो । हालसम्म भारतमा ओमिक्रोनबाट संक्रमित ५ जना पुगेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij