Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

जुम्लामै एमबीबीएस पढाइ, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

जुम्लामै एमबीबीएस पढाइ, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

  • 462
    SHARES
  • जुम्लामै एमबीबीएस पढाइ, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने


    जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी साता जुम्ला आउने भएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला आउन लागेकी हुन् ।

    प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ । एमबीबीएस र  प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेको उनले बताए ।

    प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुनेछ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij