Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

  • मंसिर २०, २०७८ सोमवार २०:१० बजे
  • 443
    SHARES
  • घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

    काठमाडौं ।  नेपाल ओलम्पिक कमिटीले सोमबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलाई स्वागत गरेको छ ।  सातदोबाटोस्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना दिँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नुपर्नेमा जोड दिए ।

    घिसिङले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी सुरु गर्ने निर्णय भइसकेको बताए । कार्यक्रममा ओलम्पिक कमिटीका अन्य प्रमुख पदाधिकारीको पनि उपस्थिति थियो ।

    त्यसपछि कमिटी र परिषदबीच १९औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर प्रारम्भिक छलफल भएको थियो । प्रतियोगिता चीनको हाङचोउमा सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ ।

    छलफलमा कमिटीका तर्फबाट अध्यक्ष श्रेष्ठ र परिषद्का तर्फबाट सदस्य सचिव घिसिङले सहभागिता जनाएका थिए ।

    छलफलमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य पनि सहभागी भएका थिए । त्यस अवसरमा प्रतियोगितामा सहभागी हुने खेल र खेलाडीको संख्या पहिले निर्धारण गर्ने बारे छलफल भएको थियो ।

    यस्तै नेपाल सहभागी हुनु पर्ने खेल, त्यसको सम्भावना तथा उच्च प्रदर्शनको आवश्यकतालाई लिएर छलफल भएको थियो । त्यस अवसरमा नेपाल सहभागी हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता बारे पनि छलफल भएको थियो ।

    पूर्व सदस्यसचिव लामाले दिए घिसिङलाई बधाई 

    सदस्य सचिव टंकलाल घिसिङलाई करातेका संस्थापक मध्येका एक राखेपका पूर्व सदस्यसचिव युवराज लामालगायत कराँतेकर्मीले सोमबार बधाई दिएका छन् ।

    त्रिपुरेश्वर स्थित राखेप परिषद् स्थित सदस्य सचिवकै कार्यकक्षमा पूर्व सदस्य सचिव लामासहित कराँतेका संस्थापक थानेश्वर राई, नेपाल कराँते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, सागका विभिन्न संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, विप्लवलाल श्रेष्ठलगायतले सदस्य सचिव घिसिङलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिँदै बधाई दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij