वेबटिभी खबर
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको जितले देशमा विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
अध्यक्षमा निर्वाचित भएको दुई दिनपछि मंगलबार बिहान सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिँदै अध्यक्ष मिश्रले यस्तो बताएका हुन् ।
नेपाल राजनीतिक-सामाजिकरूपमा नेपाल मूलतस् नरम परम्परावादी समाज भएको र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न आवश्यक रहेको अध्यक्ष मिश्रले बताएका छन् ।
उनले लेखेका छन् – 'राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएकोमा राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछु। अर्थ-राजनीतिक रूपमा नेपाललाई 'कल्याणकारी' नरम वामपन्थी एजेण्डा चाहिएको छ। तर राजनीतिक-सामाजिक रूपमा नेपाल मूलत: नरम परम्परावादी समाज हो। त्यसलाई अस्विकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन। विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईंको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ।'
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij