Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रोहिंग्या मुसलमानले किन मागे फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति ?

रोहिंग्या मुसलमानले किन मागे फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति ?

  • 567
    SHARES
  • रोहिंग्या मुसलमानले किन मागे फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति ?

    लन्डन । घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएको आरोप लगाउँदै बेलायत र अमेरिकामा रहेका रोहिंग्या शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसबुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेको भन्दै रोहिंग्या शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् ।

    सन् २०१७ मा सेनाको दमनका कारण बौद्ध धर्मालम्बीको बाहुल्यता रहेको म्यानमारमा करिव १० हजार रोहिंग्या शरणार्थी मारिएको अनुमान छ । सेनाको दमनपछि लाखौं रोहिंग्या देश छोडेर छिमेकी मुलुक बंगलादेशमा शरण लिएका थिए । शरणार्थीले उजुरी गरेको विषयमा फेसबुकले कुनै टिप्पणी गरेको छैन् । 

    घृणास्पद, खतरनाक तथा गलत सूचना वर्षौंदेखि प्रवाह गरेको फेसबुकमाथि आरोप लाग्दै आएको छ ।

    केही शरणार्थीको पक्षमा काम गर्दै आएको बेलायतको एउटा फर्ममार्फत त्यहाँका शरणार्थीले मुद्दा दायर गरेको जनाइएको छ । म्यानमारमा भइरहेका जातीय हिंसाबारे सत्यतथ्य नबुझी होचुवाका भरमा फेसबुकले अल्पसंख्यक समुदायमाथि भइरहेका टिप्पणीलाई प्रोत्साहन गरेको निवदेनमा जनाइएको छ ।

    रोहिंग्याविरुद्ध भइरहेका गालीग्लौज गर्ने व्यक्तिको अकाउन्ट डिलिट नगरेको पनि निवेदनमा जनाइएको छ । सञ्चारमाध्यम र दातृ संस्थाको चेतावनीका बाबजुद उपयुक्त कदम नचालेको फेसबुकमाथि आरोप लागेको छ ।

    त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्कोमा रोहिंग्याको तर्फबाट उजुरी परेको छ । म्यानमारमा फेसबुका २ करोड प्रयोगकर्ता छन् । अधिकांश सामाजिक सञ्जालबाट नै समचारबारे अपडेट हुन्छन् । 

    म्यानमारको सेनाले राज्यसंरक्षित आतंकको सिर्जना गरेकाले अल्पसंख्यक मुस्लिम रोहिंग्याले देश छोडेर भाग्न बाध्य भएको बताइएको छ । तर, सेनाले रोहिंग्या मुस्लिममाथि ज्यादती नगरेको दाबी गरेको छ ।

    म्यानमारको उत्तरी रखाइन राज्यमा सरकारले नै जातीय विभेद गरेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताउँदै आएको छ ।

    राष्ट्रसंघले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा सेनाले रखाईन प्रान्तका दर्जनौ महिलामाथि बलात्कार गरेको र बालबालिकाको हत्या गरेको उल्लेख छ । ‘कारबाहीका नाममा सेनाले बालबालिकाको हत्या र महिलामाथि बालात्कार गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij