वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ८२, भक्तपुरमा ९ र ललितपुरमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणबाट २ जनाको निधन भएको छ भने ३०४ जना संक्रमणमुक्त भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij