Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

खाना खाइसकेपछि किन खाने सुप ? 

खाना खाइसकेपछि किन खाने सुप ? 

  • 537
    SHARES
  • खाना खाइसकेपछि किन खाने सुप ? 

    काठमाडौं । होटेल वा रेष्टुरेन्टमा खाना खाइसकेपछि सुपमा मिश्री मिसाएर खान दिइन्छ । यो हेर्दा चलनजस्तो बनेको देखिन्छ । 
    खाना खाइसकेपछि सुप किन खाइन्छ ? खाना खाएपछि सुप खाँदा के हुन्छ ? खाना खाइसकेपछि खाइने सुपका धेरै स्वास्थ्यवर्धक फाइदाहरु छन् । जसलाई आज हामीले उल्लेख गरेका छौँ ।  

    पाचनतन्त्रको लागि उपयोगी
    खाना खाइसकेपछि सुप खानाले पाचनतन्त्र बलियो हुन्छ । सुपले खाना सहजै पचाउन मद्दत गर्छ । यसकासाथै सुपमा पर्याप्त मात्रामा फाइबर पनि पाइन्छ । फाइबरले पाचन प्रक्रियालाई सहयोग गर्नुकासाथै कब्जियतको समस्याबाट पनि राहत दिन्छ । 

    रोग प्रतिरोध क्षमता वढाउँछ
    सुपमा भिटामिन सी हुन्छ, जसले शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । 

    स्मरणशक्ति बलियो हुन्छ, तनाव हट्छ  
    खाना खाइसकेपछि सुप खानाले तनावको समस्याबाट छुटकारा पाउन सकिन्छ । सुपमा ‘एन्टी स्ट्रेस’ गुण हुन्छ । जसले तनावबाट बचाउँछ भने स्मरणशक्तिलाई पनि बलियो बनाउन मद्दत गर्छ ।

    कोलेस्ट्रोल नियन्त्रण
    खाना खाइसकेपछि सुप खाँदा नराम्रो कोलेस्ट्रोल नियन्त्रण हुन्छ । त्यसैले यसलाई खाना पश्चात नियमित सेवन गर्न सकिन्छ । शरीरलाई चाहिनेभन्दा बढी कोलेस्ट्रोल बढ्दा मुटुरोगको जोखिम हुन्छ । त्यसैले सुपको मद्दतले खराब कोलेस्ट्रोललाई सन्तुलनमा राख्न सक्छौं । 

    पेटको समस्याबाट राहत
    सुपले पाचनतन्त्रकासाथै पेट सम्बन्धित ग्याष्ट्रिक तथा अन्य रोगलाई पनि निर्मूल पार्छ । पेटमा ग्यास भरिएको, छातीमा हुने जलन, पेट सुन्निने जस्ता समस्या हुँदा सुप खानु फाइदाजनक हुन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij