Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

म्यानमार सेनाको कार्यविरुद्ध नेपाल सरकार उभिन नागरिक समाजको अपिल

म्यानमार सेनाको कार्यविरुद्ध नेपाल सरकार उभिन नागरिक समाजको अपिल

  • चैत्र १६, २०७७ सोमवार १७:५७ बजे
  • 1.1K
    SHARES
  • म्यानमार सेनाको कार्यविरुद्ध नेपाल सरकार उभिन नागरिक समाजको अपिल

    काठमाडाैं । नेपालस्थित नागरिक समाजले म्यानमारका नागरिकमाथि भइरहेको हत्या रोक्न आग्रह गरेको छ । समाजले नेपाल सरकारलाई म्यानमार सेनाको कार्यविरुद्ध उभिन पनि अपिल गरेको छ ।

    नागरिक समाजका तर्फबाट १२ जना विभिन्न क्षेत्रका व्यक्तिहरुले विज्ञप्ती जारी गर्दै नेपालले म्यानमार जनताको पक्षमा उभिनुपर्ने कुरामा जोड दिएका हुन् । 

    म्यानमार सेनाले तत्काल शासन सत्ता जननिर्वाचित नेतृत्वमा सुम्पनुपर्ने र सन् २००८ को संविधानको आधारभूत मूल्य मान्यतालाई पालना गर्नुपर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

    समाजका पदाधिकारीहरुले नागरिक हत्या मानवताविरुद्धको अपराध भएकाले अन्तराष्ट्रिय अपराधको मुद्दा चलाउन पनि आग्रह गरेका छन् ।

    विज्ञप्ती जारी गर्नेहरुमा बिपिन अधिकारी, रेणु अधिकारी, रेम विश्वकर्मा, डम्बर चेम्जोङ, राजेन्द्र दाहाल, कूलचन्द्र गौतम, जयप्रकाश गुप्ता, अर्जुन कार्की, रामेश्वर खनाल, महेश मास्के, सुशिल प्याकुरेल र कनकमणी दीक्षित छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij