वेबटिभी खबर
जनकपुरधाम । प्रदेश-२ सरकारले अध्यादेशमार्फत् ल्याएको दुईवटा विद्येयक प्रदेशसभा सचिवालयमा पठाएको छ । कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय सम्बन्धी विद्येयक प्रदेश सभा सचिवालयमा सोमबार पठाएको छ ।
लामो समयदेखि प्रदेशसभा नचलेको अवस्थामा प्रदेश सरकारले अध्यादेशमार्फत् सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र विरगञ्जमा प्राविधिक विश्वविद्यालय सञ्चालन सम्बन्धी अध्यादेश ल्याएको थियो । प्रदेशसभाको बैठक २९ गतेलाई आह्वान भएसँगै प्रदेश सरकारले उक्त अध्यादेशलाई प्रदेशसभा सचिवालयमा पठाएको हो ।
अध्यादेश जारी भएपछि प्रदेश सभाको पहिलो बैठकमै उक्त अध्यादेश टुबुल गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अध्यादेशमार्फत् ल्याइएको कानुन प्रदेशसभाबाट पारित भएमा ६ महिनासम्म मात्रै उक्त कानुन कार्यान्वय रहने छ ।
सरकारलाई उक्त कानुनलाई दीर्घकालिन रुपमा लागू गराउन प्रतिस्थान विद्येयक प्रदेशसभाबाट पारित गराउनुपर्ने प्रवधान रहेको छ ।
प्रदेश सरकारले अध्यादेशबाट ल्याएको उक्त विद्येयक सभाबाट पारित नभएको खण्डमा ७ दिन भित्रै उक्त कानुन स्वत: खारेज हुने कानुनी प्रवधान रहेको प्रदेशसभा सचिवालय सचिव रंजित यादवले बताए । प्रदेश सरकारले कृषि विश्वविद्यालयको लागि उपकुलपति समेत नियुक्त गरिसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij