वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत भइरहेको दोस्रो चरणको मतदानको समय पाँच मिनेट थपिएको छ ।
सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि आज दिउँसो साढे तीनबजे बाट मतदान भइरहेको छ ।
९ बजेसम्मका लागि तोकिएको मतदानको समयमा पाँच मिनेट थप गरिएको छ । मतदान सुरु भएसँगै सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान स्थलमा नै थिए ।
मतदान सकिन केही मिनेट मात्र बाँकी रहँदा उनी बाहिरिएका हुन् । दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij