वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ८ हजार १६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २४७ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ५६२ जना रहेको छ ।
भारतमा हालसम्म ३ करोड ४१ लाख ४६ हजार ९३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij