Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राजस्थान र महाराष्ट्रमा फैलिँदै ओमिक्रोन

राजस्थान र महाराष्ट्रमा फैलिँदै ओमिक्रोन

  • 477
    SHARES
  • राजस्थान र महाराष्ट्रमा फैलिँदै ओमिक्रोन

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन कुल ५६ जनामा पुष्टि भएको छ ।

    ओमिक्रोनका कुल संक्रमितमध्ये २८ जना महाराष्ट्रका छन् । यसैगरि राजस्थानमा १३ जना, कर्नाटक ३ , गुजरातमा ४, केरला १, आन्ध्र प्रदेशमाा १, दिल्लीमा ६ जना रहेका छन् ।

    नयाँ भेरियन्टको संक्रमण बढेसँगै भारतीय सरकार चिन्तामा छ । ओमिक्रोनबाट बच्न सरकार तिव्र गतिमा भाइरसविरुद्धको बुस्टर डोज लगाइरहेको छ ।

    ओमीक्रोन ७७ वटा देशमा पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । मिडिया ब्रिफिङका क्रममा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोमले ओमिक्रोन भेरियन्ट अभूतपूर्व गतिमा फैलिरहेको बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij