Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

युरोपेली राष्ट्रहरूमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइदै 

युरोपेली राष्ट्रहरूमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइदै 

  • 492
    SHARES
  • युरोपेली राष्ट्रहरूमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइदै 

    जर्मनी । धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड-१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन्  ।

    जर्मनी, स्पेन, ग्रीस र हंगेरीले बालबालिकालाई कोभिड-१९ विरुद्ध बुधबारदेखि खोप अभियान सुरु गरेका हुन् । इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर–बायोटेक शटलाई पाँच देखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो । 

    संयुक्त राज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । फ्रान्समा गम्भीर रोगको जोखिममा रहेका पाँच देखि ११ वर्षका बालबालिकालाई मात्रै खोप स्वीकृत गरेको छ । तर सरकारले यसलाई स्वैच्छिक आधारमा सबै बालबालिकामा विस्तार गर्ने विचार गरिरहेको बताएको छ ।

    बेल्जियम आफ्नो राष्ट्रिय स्वास्थ्य निकायको सिफारिसको लागि पर्खिरहेको जनाएको छ । स्विट्जरल्याण्डमा, देशको चिकित्सा एजेन्सीहरु बच्चाहरूको खोपलाई स्वीकृत दिएको छ ।  तर अभियान जनवरीबाट मात्र सुरु हुने बताइएको छ ।

    बेलायतमा अझै पनि ५-११ उमेर समूहका लागि अनुमोदन गर्ने कि नगर्ने भनेर सरकारी अधिकारीहरुले मूल्याङ्कन गरिरहेका छन् । क्रिसमस अघि नै सम्भवतः निर्णय हुने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij