वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ८९, भक्तपुरमा ९ र ललितपुरमा २० जनामा कोभिड-१९ पुष्टि भएको हो ।
यस अवधिमा देशभर तीन सय जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ६ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ६३५ रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij