Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कांग्रेस पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा पाण्डे निर्वाचित

कांग्रेस पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा पाण्डे निर्वाचित

  • 472
    SHARES
  • कांग्रेस पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा पाण्डे निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा डा.शेखर कोइराला पक्षका बद्री पाण्डे निर्वाचित भएका छन् ।

    निकटतम् प्रतिद्वन्द्वी जीवनबहादुर शाहीलाई २७८ मतान्तरमा पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।

    पार्टी कार्यालय सानेपामा भएको मतगणनामा पाण्डेले २ हजार ४११ मत प्राप्त गरेका छन् । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका शाहीले २ हजार १३३ मत प्राप्त गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

    यस्तै तेस्रो स्थानमा देखिएका चेतराज बजालले ९९ मत ल्याएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij