Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

६७ देशबाट नेपाल आउने व्यक्तिले आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने

६७ देशबाट नेपाल आउने व्यक्तिले आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने

  • 407
    SHARES
  • ६७ देशबाट नेपाल आउने व्यक्तिले आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमका कारण ६७ देशबाट नेपाल भित्रनेलाई कडाइ गरिएको छ ।

    अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै ६७ देशबाट नेपाल भित्रिने यात्रुले आफ्नै खर्चमा अनिवार्य ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ ।

    विभागका निर्देशक मुकेश कुमार केशरीले जारी गरेको सूचनाअनुसार ७ दिन क्वारेन्टिन बसेपछि पीसीआर परीक्षण गरिनेछ । रिपोर्ट नेगेटिभ आए घरमा गएर ७ दिन क्वारेन्टिन बस्ने गरी पठाइनेछ । कोरोना पोजेटिभ आए आइसोलेसन तथा अस्पतालमा राखिनेछ ।

    मन्त्रिपरिषद् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रका आधारमा यस्तो निर्णय गरिएको निर्देशक केशरीले बताएका छन् । स्वास्थ्य मन्त्रालयले पठाएको पत्रमा जोखिमयुक्त मुलुक भनी उल्लेख गरिएअनुसार ती मुलुकबाट प्रवेशमा कडाइ गरिएको अध्यागमन विभागले सुचनामा उल्लेख गरेको छ ।

    यात्रामा कडाइ गरिएका मुलुकमा संयुक्त राज्य अमेरिका, क्यानडा, क्वाराबिन, बेलायत, इटाली, रुसलगायत अधिकांश युरोपेली राष्ट्र रहेका छन् । त्यसैगरी अन्यमा अफ्रिकी तथा एसियाली राष्ट्रबाट नेपाल प्रवेशमा कडाई गरिएको छ ।

    266698143_4875473562464260_6712650251393341710_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij