Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तलब नपाएपछि शिक्षक र कर्मचारीले लगाइदिए शिक्षा शाखामा ताला 

तलब नपाएपछि शिक्षक र कर्मचारीले लगाइदिए शिक्षा शाखामा ताला 

  • 2.5K
    SHARES
  • तलब नपाएपछि शिक्षक र कर्मचारीले लगाइदिए शिक्षा शाखामा ताला 

    रौतहट । तलब नपाएपछि फतुवा विजयपुर नगरपालिकाको शिक्षा शाखामा शिक्षक र कर्मचारीहरूले तालाबन्दी गरेका छन् ।

    ५ महिनादेखि तलब नपाएपछि नगरपालिकाभित्रका विद्यालयमा नियमित अध्यापन गराउँदै आएका शिक्षक र कर्मचारीहरूले तालाबन्दी गरेका हुन् ।

    सरस्वती प्राविका प्रधानाध्यापक सुबोध यादवकाे भनाइमा विद्यालय कर्मचारी गोविन्द चौधरीको अगुवाइमा शिक्षक र कर्मचारीले नगरपालिकाका कर्मचारीलाई बाहिर निकालेर शिक्षा शाखामा तालाबन्दी गरिएकाे हाे ।

    फतुवा विजयपुरका नगरप्रमुख गोपाल यादवलगायत जनप्रतिनिधिले तलब निकासा गराउन कुनै पहल नगरेको तथा नगर शिक्षा संयोजक हरेन्द्र यादव सधैं अनुपस्थित रहने गरेको गुनासो शिक्षकहरूले गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij