Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जाडोमा बदाम खाँदा फाइदै फाइदा

जाडोमा बदाम खाँदा फाइदै फाइदा

  • 632
    SHARES
  • जाडोमा बदाम खाँदा फाइदै फाइदा

    काठमाडौं । जाडो महिनामा जठाराग्नी (पाचनतन्त्र) निकै सक्रिय हुन्छ । खसगरी पुस र माघ महिनामा शरीरलाई पोषिलो खानेकुरा चाहिन्छ । पाचनतन्त्र सक्रिय भएको बेला खाएको कुरा पच्छ र शरीरले पर्याप्त पोषण पाउँछ ।

    जाडोमा घाम ताप्दै बदाम खाँदा बेग्दै मजा आउँछ । खानुको मजामात्र नभए बदाम शरीरलाई पोषण दिन एकदमै हितकारी खानेकुरा हो । यसमा भएको पौष्टिक तत्वले जाडोमा शरीरलाई निकै फाइदा गर्छ । यसले तौल घटाउनेदेखि आवश्यक पोषण दिएर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । 

    बदाममा प्रोटिन, भिटामिन, खनिज र फाइबर हुन्छ । यसमा भएको फाइबरले चाँडो भोक लाग्न दिँदैन । दैनिक बदाम खाँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वास्थ्यलाई फाइदा पुगिरहेको हुन्छ । 

    पाचनतन्त्र स्वस्थ
    बदाममा उच्च मात्रामा फाइबर हुने भएकाले कब्जियतको समस्या समाधान हुन्छ । यसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसबाहेक बदामको नियमित सेवन गर्दा शरीर सुन्निएको पनि ठिक हुन्छ ।

    मुटुलाई स्वस्थ राख्छ 
    बदामको सेवन गर्दा मुटुरोगको जोखिम कम हुन्छ । बदाममा स्वस्थ बोसो म्याग्नेसियम, एन्टीअक्सिडेन्ट र अन्य आवश्यक पोषक तत्वहरु पाइन्छ । जसले रक्त कोषिकालाई स्वस्थ राख्न मद्दत गर्छ । मुटु रोगको जोखिमलाई कम गर्न दैनिक बदाम खानु राम्रो हुन्छ । 

    मधुमेह नियन्त्रण
    मधुमेह नियन्त्रणको लागि मधुमेह बिरामीले दैनिक बदामको सेवन गर्नु उचित मानिन्छ । यसले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्छ । जाडोयाममा दैनिक बदामको सेवन गर्दा शरीरमा रगतको कमी पूरा हुन्छ ।

    सौन्दर्य बढाउँछ 
    बदामले शरीरलाई स्वस्थ राख्नुका साथै सौन्दर्य बढाउने काम पनि गर्छ । बदामको नियमित सेवनले छाला चाउरिने समस्या कम हुन्छ । अनुहारको छालालाई चम्किलो बनाउने र चाउरिन नदिने भएकाले यो सौन्दर्य बढाउने खानेकुरामा पनि पर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij