Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लाहान मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा दुई जना पक्राउ 

लाहान मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा दुई जना पक्राउ 

  • चैत्र १७, २०७७ मंगलवार १७:४५ बजे
  • 789
    SHARES
  • लाहान मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा दुई जना पक्राउ 

    लाहान । सिराहाको लाहानस्थित मालपोत कार्यालयमा चैत १ गते बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।

    घटना भएको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षका रामरिझन यादव र सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षका अभिमन्यू गिरिलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । 

    बम विस्फोटबाट कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij