वेबटिभी खबर
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ५ हजार ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ८ हजार ४३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । त्यसैगरि भाइरस संक्रमणले ४५३ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार ९७ जना रहेको छ ।
भारतमा हालसम्म ३ करोड ४७ लाख ५२ हजार १६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । यसैगरि ३ करोड ४२ लाख ९५ हजार ६० जना कोभिड संक्रमणमुक्त भएका छन् । भारतमा ओमिक्रोन संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार देशमा कुल १७० जना आमिक्रोन संक्रमित छन् । ओमिक्रोन संक्रमितमासामान्य लक्षण छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij