Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

संसद् बैठकको रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति खेद व्यक्त 

संसद् बैठकको रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति खेद व्यक्त 

  • 631
    SHARES
  • संसद् बैठकको रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति खेद व्यक्त 

    फाइल तस्बिर । 

    काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गरेको छ ।

    संसदीय मामिला पत्रकार समाजका सचिव जयसिंह महराले विज्ञप्ति जारी गरेर समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद् सचिवालयबाट पटक-पटक रोक लगाइनु दुःखद् रहेको बताएका छन् । 

    विज्ञप्ति

    प्रतिनिधिसभाको २०७८ पुस ६ गते मंगलबारको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारहरूलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गर्दछ । समाचार संकलनमा सहजीकरण गर्नुको साँटो संघीय संसद् सचिवालयबाट पटक-पटक रोक लगाइनु दुःखद् हो । संसद् लोकतन्त्रको सर्वोच्च थलो हो र यहाँ हुने प्रत्येक कुरा पारदर्शी रूपमा जनतामाझ पुग्नुपर्नेमा समाचार संकलनमै रोक लगाउँदा लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको छ ।

    उपरोक्त विषयमा संसद् सचिवालयका पदाधिकारीलाई ध्यानाकर्षण गराइएको छ । अबउपरान्त यस्ता घटना नदोहोरियोस् भन्नका लागि संसदीय मामिला पत्रकार समाज सम्बन्धित पक्षलाई गम्भीर ध्यानाकर्षण गराउँदछ ।

    सचिव
    जयसिंह महरा 
    संसदीय मामिला पत्रकार समाज

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij