Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कांग्रेस प्रदेश २ अधिवेशन : निधिको सिफारिसमा मन्त्री, देउवा पक्षबाट उम्मेदवार

कांग्रेस प्रदेश २ अधिवेशन : निधिको सिफारिसमा मन्त्री, देउवा पक्षबाट उम्मेदवार

  • 840
    SHARES
  • कांग्रेस प्रदेश २ अधिवेशन : निधिको सिफारिसमा मन्त्री, देउवा पक्षबाट उम्मेदवार

    जनकपुर । नेपाली कांग्रेस नेता एवं १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी बिमलेन्द्र निधि पार्टीभित्र आफ्नै प्रदेशमा कमजोर देखिएका छन् । उनका निकट नेता नै शेरबहादुर देउवा खेमाबाट उम्मेदवार बनेपछि उनी क्रमशः कमजोर हुँदै गएका हुन् ।

    निधिकै सिफारिसमा कांग्रेसको तर्फबाट प्रदेश २ मा मन्त्री बनेका सर्लाहीका प्रादेश सांसद वीरेन्द्र सिंहले उनको साथ छाडेका छन् । सिंह देउवाको खेमाबाट उपभापतिको उम्मेदवार बनेका छन् । सिंहले निधिको पक्षमा लागेर सर्लाही क्षेत्र नम्बर ४ मा अमरेश सिंहलाई हराउन मुख्य भूमिका खेलेका थिए । अमरेश निधि विरोधि भएकाले उनलाई महाधिवेशन प्रतिनिधि हुन नदिन मुख्य भूमिका खेलाका सिंहले अहिले निधिलाई नै छाडेका हुन् ।

    पार्टी सभापतिका लागि भएको पहिलो चुनावमा निधिलाई सहयोग गरेको सिंहले दोस्रो चुनावमा देउवालाई सहयोग गर्दै टिम परिवर्तन गरेका हुन् । सिंह सुरुमा देउवा र निधि विरोधि टिममा थिए । शक्ति समिकरण फेरबदलसँगै उनी पनि शक्तिको पछाडि लागेको स्थानीय नेताहरूले बताए ।

    अवसर पाएपछि साथ छाड्ने बढेकाले आफ्नै प्रदेशमा कमजोर बनेका निधिले प्रदेश अधिवेशनमा डा.क शेखर कोइरालाको टिमसँग एकता गर्दै चुनावमा सहभागी हुने भएका छन् । उनले पहिलो प्रयास देउवाको साथका लागि गरे पनि सफल भएनन् ।

    महाधिवेशनमा पार्टी सभापतिको दोस्रो चरणको चुनावमा देउवालाई समर्थन गरेका निधिलाई प्रदेश २ को अधिवेशनमा देउवाले सहयोग गर्ने आकलन गरिएको थियो । निधि जनकपुरका भएकाले प्रदेश २ मा उनको राम्रो पकड भएको अनुमान थियो । देउवा र उनी सँगै हुँदा उनको प्रभाव राम्रो थियो । तर,देउवासँग सहकार्य टुट्ने वित्तिकै उनको साथ धेरैले छाडेका छन् ।

    तर,देउवाले आफूनिकट कृष्ण यादवलाई सभापतिमा उठाउने भएपछि निधिसँग कुरा मिल्न सकेन । निधिले प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवलाई सभापति बनाउन खोजेका छन् । सभापतिमा कुरा नमिलेपछि देउवा पक्ष र निधिपक्ष बीच सहकार्य टुटेको हो । विवादका कारण रोकिएको प्रदेश २ को अधिवेशनमा बुधबार मतदान हुँदैछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij