Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मुख्यमन्त्री पौडेल र राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

मुख्यमन्त्री पौडेल र राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

  • चैत्र १८, २०७७ बुधवार १२:२३ बजे
  • 691
    SHARES
  • मुख्यमन्त्री पौडेल र राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता
    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरूले फिर्ता लिएका छन् ।
     
    नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरूले पौडेल र राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।
     
    एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्री बनाउने लबिइङ गर्दै ती सांसदले प्रदेश सभामा पौडेलविरुद्ध पेश गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइएको छ ।
     
    यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरूविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल-नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
     
    सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij