Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लोरियन्टसँगको खेलमा रामोसले पाए रातो कार्ड, पीएसजीलाई इकार्डीले बचाए 

लोरियन्टसँगको खेलमा रामोसले पाए रातो कार्ड, पीएसजीलाई इकार्डीले बचाए 

  • 481
    SHARES
  • लोरियन्टसँगको खेलमा रामोसले पाए रातो कार्ड, पीएसजीलाई इकार्डीले बचाए 


    काठमाडौं । सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी) लाई हारबाट जोगाएका छन् । 

    बुधबार राति भ्रमणकारी टोली पीएसजीले लोरियन्टसँग १–१गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो । लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४०औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । 

    ८६ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भयो । दोस्रो पटक पीएसजी आएपछि मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड ब्यहोरे । 

    खेलको इन्जरी समयमा माउरो इकार्डीले अचराफ हाकीमीको पास सदुपयोग गर्दै पीएसजीलाई हारबाट बचाए । 

    जितसँगै पीएसजीले १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । शीर्षस्थानको पीएसजीसँग १३ अंकको अग्रता छ । दोस्रो स्थानको नाईससँग समान खेलबाट ३३ अंक छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij