काठमाडौं । नेकपा एमालेको बाग्मती प्रदेशको संसदीय दलको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध एमालेकै प्रदेशसभा सांसदहरूले हालेको अविश्वासको प्रस्ताव फिर्ता लिएपछि आज संसदीय दलको बैठक बस्ने भएको हो ।
उक्त बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेकी बाग्मती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यगायतका नेताहरू पनि उपस्थित हुने भएका छन् ।
‘दलको बैठकमा हामी पनि उपस्थित भई केही एजेन्डा राखेर फर्किने छौं,’ शाक्यले भनिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij