वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा १४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १०१, भक्तपुरमा १३ र ललितपुरमा ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । अवधिमा देशभर २६३ जना काेराेनामुक्त भएका छन् भने संक्रमणको कारणले २ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेको छ । कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ सय २४ जना रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij