Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार सेवा बिस्तार, कोभिड इमर्जेन्सीसहित ट्रमा वार्डसम्म

लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार सेवा बिस्तार, कोभिड इमर्जेन्सीसहित ट्रमा वार्डसम्म

  • 477
    SHARES
  • लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार सेवा बिस्तार, कोभिड इमर्जेन्सीसहित ट्रमा वार्डसम्म

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले एकै पटक चार वटा सेवा बिस्तार गरेको छ । १० बेडको डायलाइसिस सेवासहित ट्रमा वार्ड, कोभिड इमर्जेन्सी र भिसिटिङ्ग सेवा विस्तार भएको हो ।

    बिस्तारित सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री ईन्द्रजित थारुले शुभारम्भ गरेका हुन् । अस्पतालमा यसअघि रहेको ६ बेडको डायलाइसिस सेवालाई १० बेडमा बिस्तार गरिएको हो । स्वास्थ्यमन्त्री थारुले रेड्रो पोजेटिभ र हेपाटाइटिस बी तथा सिका बिरामीका लागि दुई बेड प्रदान गरिने जानकारी दिए ।

    अस्पतालमा सेवा विस्तार भएपछि उपचारमा थप सहजता आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले बताए । अस्पतालमा सेवा सुविधा बिस्तार हुने क्रम जारी रहेको र प्रादेशिक अस्पताल बनेपछि सुधारका लागि धेरै काम भएको उनले बताए ।

    बिहीबारदेखि विस्तार भएको ट्रमा वार्डमा अर्थोपेडिक चिकित्सक २४सै घण्टा खटिने पनि ढकालले बताए । यसैगरी, अस्पतालले आईसियू २० बेडसहित जनरल र इमर्जेन्सी गरी २७ बेडको कोभिड इमरजेन्सी सेवा पनि बिस्तार गरेको छ । अब कोरोना संक्रमित बिरामीको उपचारमा थप सहजता आउने ढकालले बताए ।

    अस्पतालले यसअघि पनि करिब आधा दर्जन सेवा विस्तार गरेको थियो । एउटा अक्सिजन प्लान्ट रहेको प्रादेशिक अस्पतालमा केही महिनाअघि थप एउटा जडान भइ दुई वटा प्लान्ट पुगेको छ भने थप एउटा प्लान्ट जडान प्रक्रियामा छ । 

    अस्पतालमा अब क्यालेस प्रणाली अपनाइने र यसको तयारी भैरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले बताए । एक वर्षदेखि रोकिएको आमा सुरक्षाभत्ता पनि अस्पतालले उपलव्ध गराउन थालेको छ । कोभिड भत्ता मन्त्रालयबाट प्राप्त भएको र छिट्टै चिकित्सक तथा कर्मचारीले पाउने उनले जानकारी दिए । 

    अस्पतालको स्तरोन्नतिका लागि १० तला भवनको गुरुयोजना बनाइ काम अगाडि बढाइएको छ । त्यस्तै, अस्पतालमा एमआरआई र क्याथ ल्याब सेवा अगाडि बढाउन टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भैरहेको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij