वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले प्रतिनिधिसभा बैठकमा भएका क्रियाकलापले देश कमजोर हुँदै जाने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता डा.रावलले यस्तो बताएका हुन् ।
‘संसद्मा राष्ट्रियता, जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्त्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहेअनुसार खुरुखरु पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ । यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ,’ डा.रावलले लेखेका छन् ।
एमालेले प्रतिनिधिसभा बैठक पटक-पटक अवरुद्ध गर्दै आएको छ । १४ जना सांसद्लाई पार्टीले कारबाही गरे पनि प्रनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ती सांसद्हरूलाई पदमुक्त नगरेको भन्दै एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएकाे हाे ।
संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ।यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) December 24, 2021
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij