Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दिल्लीमा ओमिक्रोन त्रास, भिडभाड गर्ने नाइट क्लब सिल

दिल्लीमा ओमिक्रोन त्रास, भिडभाड गर्ने नाइट क्लब सिल

  • 480
    SHARES
  • दिल्लीमा ओमिक्रोन त्रास, भिडभाड गर्ने नाइट क्लब सिल

    नयाँ दिल्ली । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेपछि भारतको राजधानी दिल्लीमा नयाँ वर्षका लागि हुने पार्टीहरुमा रोक लगाइएको छ । ओमिक्रोनको बढ्दो प्रभावलाई रोक्न दिल्ली विकास प्राधिकरणले क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा हुने उत्सवमा रोक लगाएको हो । सरकारले लगाएको रोक उल्लंघन गर्ने एउटा मसहुर क्लबलाई प्रहरीले सिल गरेको छ । बिहीबार राति भब्य पार्टी आयोजना गरेको उक्त नाइट क्लबलाई शील गरिएको हो ।

    प्राधिकरणले रोक लगाए पनि उक्त क्लबमा ६ सयभन्दा बढी मानिस भेला भएर पार्टी गरेका थिए । प्रहरीले भीडलार्य तितरबितर पार्दै क्लबलाई सिल गरेको हो । नयाँ भेरियन्ट ओमिक्रोनका बिरामी बढ्न थालेपछि दिल्लीमा रेस्टुराँहरुमा सिट क्षमताको ५० प्रतिशत मात्र ग्राहक राख्न पाउने नियम लगाएको छ ।

    दिल्ली प्रहरीले संक्रमण रोकथामका लागि लगाइएको नयाँ नियम कार्यान्वयन गर्न छड्के जाँचका लाागि जाँदा दिल्लीको महरौलीस्थित एउटा क्लवमा मापदण्ड उल्लंघन गरेर ६ सयभन्दा बढी मानिस भेला पारेर उत्सव आयोजना गरेको भेटिएपछि सिल गरिएको जननाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij