Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश २ कांग्रेस अधिवेशन : पदाधिकारीमा पनि देउवा समूहको अग्रता 

प्रदेश २ कांग्रेस अधिवेशन : पदाधिकारीमा पनि देउवा समूहको अग्रता 

  • 777
    SHARES
  • प्रदेश २ कांग्रेस अधिवेशन : पदाधिकारीमा पनि देउवा समूहको अग्रता 

    जनकपुर । प्रदेश २ को कांग्रेस सभापतिमा जित हासिल गरेको संस्थापन पक्षले पदाधिकारीको मतगणनामा पनि आग्रता कायम गरेको छ ।
    उपसभापति र महामन्त्रीको मतगणनामा संस्थापन पक्षले सुरुदेखि बढी मत ल्याएको छ ।

    ७ सय मत गन्दा उपसभापतिमा सबैभन्दा बढी संस्थापन पक्षका वीरेन्द्र सिंहले ३५९ मत ल्याएका छन् । त्यसैगरी दोस्रो स्थानमा संस्थापनकै चन्द्रशेखर यादवले ३२१ मत ल्याएका छन् ।

    संस्थापन इतर (बिमलेन्द्र निधि र डा.शेखर कोइरा समूह) को संयुक्त प्यानल बनाए पनि सभापतिमा जित हासिल गरेको संस्थापन पक्षले पदाधिकारीमा पनि निरन्तर अग्रता लिएको छ ।

    सभापतिको मतगणना सकिएपछि उपसभापति र महामन्त्रीको मतगणना अहिले जारी छ । महामन्त्रीमा पनि संस्थापनकै उपेन्द्र यादवले सबैभन्दा बढी मत ल्याएका छन् ।

    निधिकानिकट भनेर चिनिने संस्थापन इतरका हरेश महतो महामन्त्रीमा सबैभन्दा थोरै भोट ल्याएर चौथौं स्थानमा खुम्चिएका छन् । मतगणनामा खटिएका एक नेताका अनुसार भोटको प्रारम्भीक गणनाअनुसार प्रदेश कार्यसमितिमा संस्थापनको सहज बहुमत हुने अवस्था छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij