एजेन्सी
नयाँ दिल्ली । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेको एक महिनामा १०८ देशमा विस्तार भएको छ ।
गत २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको यो भेरियन्ट तीब्र गतिमा फैलिएको छ । हालसम्म १०८ देशका एक लाख ५० हजारभन्दा बढी ओमिक्रोनबाट संक्रमित भइसकेका छन् ।
बेलायत, अमेरिका, जर्मनी, दक्षिण अफ्रिकामा यो भेरियन्टले आतंक मच्चाएको छ । ओमिक्रोन फैलिएपछि बेलायतमा एकैदिन संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ । त्यसैगरी अमेरिकामा हरेक चारजना मध्ये एकजना नयाँ भेरियन्ट संक्रमित पाइएको छ ।
भारतकाे अवस्था
भारतमा यो भेरियन्टका पहिलो संक्रमित भेटिएको २२ औं दिनसम्ममा १७ राज्यमा फैलिएको छ । भारतीय संचारमाध्यमका अनुसार २२ दिनभित्र १७ राज्यका ३५८ जनामा ओमिक्रोन संक्रमण भइसकेको छ ।
भारतमा ओमिक्रोन संक्रमण फैलिँदा त्यसको प्रत्यक्ष असर नेपाललाई पर्ने गरेको छ । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा ओमिक्रोन संक्रमित भेटिइसकेका छन् ।
भारतले नयाँ भेरियन्ट फैलिन नदिन क्रिसमस र नयाँ वर्षका बेलामा पनि केही कडाइ गरेको छ । भिडभाड हुन नदिन भारतका ठूला सहरमा विभिन्न प्रतिवन्धहरु लगाइएको छ ।
चिकित्सकहरुले ओमिक्रोन फैलिन नदिन सचेत हुन आग्रह गर्दै कुनै पनि लापरबाही नगर्न सचेत गराएका । लापरबाहीले समस्या बढाउने जोखिम बढाउने भन्दै चिकित्सकहरुले चेतावनी दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij