वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा ६ हजार ४४७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
४ हजार २८३ जना पिसिआर परीक्षण गर्दा १५७ जनामा र २१ सय ६४ एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ जना रहेको छ । जसमध्ये ४ हजार ७४४ जना होम आइसोलेसनमा र २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ८१ जना आइसियूमा र २२ जना भेन्टिलेटरमा उपचारत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij