Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

माओवादीकाे राजनीतिक प्रतिवेदन पढेपछि बाबुरामको टिप्पणी- अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने भए ! शुभकामना !

माओवादीकाे राजनीतिक प्रतिवेदन पढेपछि बाबुरामको टिप्पणी- अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने भए ! शुभकामना !

  • 4.0K
    SHARES
  • माओवादीकाे राजनीतिक  प्रतिवेदन पढेपछि बाबुरामको टिप्पणी- अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने भए ! शुभकामना !

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको तेस्रो दिन आज पनि प्रज्ञा प्रतिष्ठानमा जारी छ । सोमबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।

    images

    साे प्रतिवेदनमाथि आज मंगलबार प्रदेशगतसहित २५ समूहमा छलफल भइरहेको छ । माओवादीकाे उक्त प्रतिवेदनमाथि विभिन्न राजनीतिक पार्टी र तप्काले टिप्पणी गरिरहेका छन् ।

    माओवादीको राजनीतिक प्रतिवेदनमाथि पूर्वमाओवादी नेता, पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पनि टिप्पणी गरेका छन् ।

    प्रतिवेदन पढेकेपछि सामाजिक सञ्जाल ट्वीटरमा संक्षिप्त टिप्पणी राखेका डा.भट्टराईले प्रतिवेदन पुरानै एकदलीय व्यवस्थाको धङधङी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो भएको बताएका छन् ।

    ‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धङधङी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो । फेरि एक पटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो ! अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने भए ! शुभकामना !’ डा.भट्टराईको टिप्पणी छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology