Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सर्लाहीमा नयाँ सिडियो आउनेवित्तिकै निषेधाज्ञा 

सर्लाहीमा नयाँ सिडियो आउनेवित्तिकै निषेधाज्ञा 

  • 868
    SHARES
  • सर्लाहीमा नयाँ सिडियो आउनेवित्तिकै निषेधाज्ञा 

    सर्लाही । सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडियो) को रूपमा सोमबार साँझमात्र स्थानेश्वर गौतम पुगे । उनी अघिका सिडियो बाबुराम खतिवडा सर्लाही जान नमानेपछि गृहमन्त्रालले गौतमलाई पठायो ।

    गौतम सिडियोको कार्यभार सम्हाल्न सर्लाही पुगेकै दिन ईश्वपुर नगरपालिकामा भएको प्रदर्शनमा स्थानीयले प्रहरी जिपमा आगजनी गरेका थिए । दर्जनौं अश्रुग्यास र हवाई फायर भएका थिए ।

    सोमबार साँझ पुगेका गौतमले मंगलबार नै ईश्वरपुरमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आयो । जिल्ला सम्हालेलगत्तै उनले ईश्वरपुरमा भड्किएको तनाव रोकथामका लागि निषेधाज्ञा जारी गरे ।

    यसअघि दसैं लगत्तै तीन महिनामै सिडियो सरुवा भएका थिए । त्यसपछि कात्तिक ९ गते खतिवडा सर्लाही हाजिर भए । उनी पनि सर्लाही बस्न नमानेपछि गौतम गएका हुन् । 

    जिल्लामा तनाव भएकै बेला सर्लाहीमा सिडियो सरुवा जिल्लामा तनाव भएकै बेला सर्लाहीमा सिडियो सरुवा

    सर्लाहीमा प्रहरीको जिपमा आगजनी, अश्रुग्यास प्रहार  सर्लाहीमा प्रहरीको जिपमा आगजनी, अश्रुग्यास प्रहार 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij